अपराधीको सम्बन्ध सरकारमा बसेका मान्छेहरुसंगै छ –नेता गजुरेल

प्रारम्भ खबर ।
भदौ १, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले वर्तमान सरकार भ्रष्ट्रचारी र अपराधीहरुलाई संरक्षण गर्ने सरकारको रुपमा चलिरहेको बताएका छन् ।

काठमाडौँ मार्च अभियान सन्देश सभामा सम्वोधन गर्दै आईतवार जोरपाटीमा सो आरोप लगाएका हुन् । अपराधीको सम्बन्ध सरकारमा बसेका ठूला ठूला मान्छेहरुसंग रहेको उल्लेख गर्दै नेता गजुरेलले सरकारले नागरिकलाई थप असुरक्षाको वातावरण सिर्जना गरिरहेको बताए । सरकारले जनतालाई सुरक्षाको प्रत्यभूति गराउन नसकेको र बलात्कार, हत्या गराउने अपराधीहरुलाई कारवाही गर्न नसक्नुको कारण सरकारमा रहेका व्यक्तिहरु र अपराधीवीचको घनिष्ठ सम्बन्ध रहेको बताए । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकारणलाई जोड्दै पत्रकार र नागरिकको सुरक्षा दिन नसक्ने सरकारलाई अव कसरी विश्वास गर्ने ? उनको प्रश्न थियो ।

केपी ओली सरकारले समृद्धि ल्याउने नाममा जनतालाई करको मारमा पारिरहेको छ । एक जना परिवारलाई तीन तहबाट कर उठाएर जनतालाई दुःख दिईरहेको उनको भनाई छ । जनता अलमलिरहेको बेला देशमा सामाजिक अपराध तथा हिंसाहरु बढ्दै जानुमा गृहमन्त्रीको कमजोरी रहेको बताए । पूर्व सहकर्मी रामबहादुर थापा (बादल) लाई संकेत गर्दै तस्कारी सबै सिध्याउँछु भनेर मन्त्री बन्न पुगेका बादल आफैँ तस्कारीसँग संग्लन रहेको आरोप लगाए । साढे ३३ किलो सुन तस्कारीको मुद्ध आयो, मान्छेहरु गिरफ्तार भए, प्रहरीका ठूला–ठूला अफिसर पनि खोरमा परे । उनिहरु जेलमा पनि बसे, कयौँ मान्छेहरु अहिले पनि जेलमा बसिरहेका छन् । सुन पक्रियो भन्दै झ्याली पिट्यो तर त्यो सुन कहाँ पुगियो ? कस्लाई थाहा छ ? उनले सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गरे ।

देशमा बढ्दै गएको भ्रष्ट्रचार, सामाजिक अपराध, हत्या, हिंसा र अनआश्वयक कर उठाएर जनतालाई मारमा पारेको भन्दै खबरदारी सहित मार्च अभियान देशभर सञ्चालन गर्ने, जनतासँग अन्तरसंवाद गर्ने माओवादी क्रान्तिकारीको योजना रहेको बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.