लोक दोहोरी गीत ‘रामेछाप सिन्धुली’ को म्युजिक भीडियो सार्वजनिक

प्रारम्भ खबर ।
भदौ १, काठमाडौँ । नेपाली लोक दोहोरी गीत ‘रामेछाप सिन्धुली’ को म्युजिक भीडियो सार्वजनिक भएको छ । गायक तारा राना मगर र गायिक राधिका ढकालकोको स्वरमा रहेको मीठो गीतको म्युजिक भिडियोमा कलाकारहरुले निकै सुन्दर प्रस्तुती पस्काउन सफल भएको छ ।

उक्त गीतको लय शब्द संगीत भिमसेन खतिवडाको रहेको छ भने एरेन्जर विष्णु तामाङले गरेका छन् । त्यस्तै गीतको मिक्सिङ तथा मस्टरिङ कुमार सानु पुनले गरेका हुन् । रामेछाप र सिन्धुलीको विभिन्न ठाउँको वर्णन गरेको सो गीत प्रेमप्रसंग जोडिएको पाईन्छ ।  सो गीतको भीडियोको निर्देशन तथा सम्पादन भने तेन्जिङ लामाले गरेका छन् । रामेश्वर जिरेलको छायांकन रहेको उक्त भीडियोमा आरुषी मगर, सन्जिव ठाकुरी, रविन मगर लगायतले अभिनय गरेका छन् भने जिसन थाटल र रोजिना महर्जनले नृत्य प्रस्तुती दिइएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.