खुर्पा प्रहार गरी श्रीमतीको हत्या

भदौ १, गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । “छिमेकीहरुले दिएको सूचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुगेको थियो”, उहाँले भन्नुभयो, “१० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा पूजाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव भेटियो ।” प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन् ।

हत्याका आरोपित याकुवलाई गए राति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । “उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।” मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.