भारी बर्षाका कारण साँखु – मेलम्ची सडक अबरुद्ध

साउन ३२, काठमाडौं । शनिवार दिउँसो परेको अविरल वर्षाका कारण मेलम्ची – साँखु काठमाडौं सडक अबरुद्ध भएको छ।

 

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर-५ भदौरेमा अाएको बढीका कारण मेलम्ची-साँखु, काठमाडौं सडक अबरुद्ध भएको र निरन्तर बर्षाका कारण ठाँडो खोलामा पानीको बहाव बढेको छ। सडक अबरुद्ध हुँदा यात्रुहरू बिच बाटोमा अलपत्र परेको छ।

बाढीले सडक कटान तथा डुबान गरेपछि सार्वजनिक यातायात ठप्प भएको छ । मोटरसाइकल समेत तार्न कठिनाइ भएपछि स्थानीय तथा यात्रुहरु आफैं सडकको माटो र ढुङ्गा पछाउने कार्यमा लागेका छन  ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.