साउन ३१, एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए)ले च्याम्पियन्स लिगको वर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीन नाम सार्वजनिक गरेको छ । गत सिजनको प्रर्दशनका आधारमा युईएफएले अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।
वर्ष खेलाडीको अन्तिम तीनमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्ट्सको रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइक छानिएका छन । लिभरपुलका साडियो माने र मोहम्मद सलाहा भने पछि परेका छन ।
युईएफएले अगष्ट २९ मा अवार्ड विजेता खेलाडीको नाम सार्वजनिक गर्नेछ । सन २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै बढी ३ पटक उपाधि जितेका छन । मेस्सीले दुई पटक जितेका छन भने डाइक पहिलो पटक मनोनयनमा परेका हुन ।

