जोरपाटीका अधिकांश गलैँचा कारखानामा बाल मजदुर

प्रारम्भ खबर ।
साउन ३०, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका जोरपाटीका अधिकांश गलैँचा  कारखानाहरुमा बालबालिकालाई श्रममा लगाउँदै आएको खुलासा भएको छ । व्यवसायिक दर्ता विना नै सञ्चालन गरिएको एक कारखानामा ५० भन्दा बढि बाल मजदुर रहेको भेटिएको छ । जोरपाटी स्थित सुन्दरटोलमा सुमन तामाङले सञ्चालन गरेको उक्त कारखानामा १५ वर्ष मूनिका बालबालिका मजदुरी गरिरहेको भन्ने जानकारी आएपछि हाम्रो टोली पुगेका थिए । टोलीलाई प्रवेशगेटबाटै भित्र प्रवेशमा रोक लगाएर सञ्चालक तामाङले बालबालिका कारखानामा नभएको बताएका थिए ।

हाम्रो केही छिनको प्रयासपछि भित्र प्रवेश ग¥यौँ र त्यहाँ फोटो खिच्न प्रतिवन्ध लगाए तर हाम्रो क्यामेराले केही तस्बीर कैद गर्न सफल भयो । व्यवसायी दर्ताविना सञ्चालित उक्त कारखानामा बालबालिकालाई पार्ट टाईम र मिटिरको हिसावले ज्याला दिने गरी राखिएको स्वीकारेका छन् ।  सुमि कार्पेट र घ्याङजोङ कार्पेटको ठेक्कको रुपमा लिएको बताउँदै आएका तामाङ अब भने कम्पनी दर्ता गर्नुपर्छ भन्दै तर्किएका थिए । कानुनी मापदण्ड विपरीत सञ्चालन गरेका उक्त कम्पनीमा बाल मजदुर राख्दा समेत सम्बन्धित निकायको अनुगमन तथा चासो देखिएन । त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा नं. ६ मा पर्ने उक्त कारखानामा वडाको समेत अनुगमन नभएको स्थानीयहरुको भनाई छ ।

त्यस्तै नारायणटार, दक्षिणढोका र आरुबारी क्षेत्रका गलैँचा कारखानाहरुमा पनि बालबालिका मजदुरी गरिरहेका छन् त्यस विषयमा सम्बन्धित संघसंस्था र स्थानीय सरकारको अनुगमन पुग्न सकेका छैन् । उक्त कारखानाहरुमा मजदुर संगठनहरु र व्यवसाय महासंघ नै मिलोमतोमा बालबालिकालाई मजदुरीमा प्रयोग गर्दै आईरहेको आरोप समेत छ ।

केन्द्रिय सरकारले सबै व्यवसाय फर्म तथा कम्पनीहरुबाट राजस्वको दायरामा ल्याउन अनिवार्य स्थायी लेखा नम्बर र व्यवसायी दर्ता गर्न आह्वान गरेपनि स्थानीय तहहरुले पनि उक्त योजनालाई अनुसरण गर्न नसक्दा अवैध क्रियाकलाप बढिरहेको छ । कानुनी मापदण्ड विपरीत कार्यलाई रोक्न सरकार असक्षम हो या स्थानीय तहले केन्द्रिय सरकारको योजना विफल पार्न खोजिएको हो प्रश्न प्रश्नमै सिमित छन् । ती अवोध कलिला बालबालिका पढ्ने उमेरमा यसरी श्रम गर्नुपर्ने बाध्यता अझै हटेका छैन । के बालबालिकाको पढ्न, रमाउने र स्वस्थ जीवन जिउने अधिकार छैन ? यी पीडादायी दृश्यले आँशु बगाउने बाहेक केही गर्न सकिन्न तर सरकारले बोकेका सपना, सुखी समृद्धिको नाराले कतिको सार्थकता पाउँला हेर्नै बाँकी छ ?

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.