जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ

साउन ३०, काठमाडौं । प्रहरीले छुटाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले यही साउन २९ गते काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा मिना लामाले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद १९ हजार १ सय ५० रूपैयाँ र खाजा घर संचालक मिना लामा सहित ६ जनालाई पक्राउ गरेको छ ।

यसै गरी महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले यही साउन २९ काठमाडौ(६ बौद्ध रामहिटीबाट जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद २ हजार ७ सय ९० रूपैयाँ र सोलुखुम्बु घर भई काठमाण्डौ बौद्ध रामहिटी स्थित हिमालयन शेर्पा किचन संचालन गरी बस्ने वर्ष ३६ को निमा शेर्पा सहित ५ जनालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.