पशुपतिनाथमा आज जनै पूर्णिमा तथा रक्षाबन्धन (फोटो फिचर)

साउन ३०, काठमाडौँ । जनै पूर्णिमा तथा रक्षा बन्धनका दिन आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदैछ ।

जनै पूर्णिमा तथा रक्षाबन्धनका दिन पशुपतिनाथ परिसर, तस्बीरः प्रारम्भ खबर

 

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका मन्दिरहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।

जनै पूर्णिमा तथा रक्षाबन्धनका दिन पशुपतिनाथ परिसर, तस्बीरः प्रारम्भ खबर

 

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

जनै पूर्णिमा तथा रक्षाबन्धनका दिन पशुपतिनाथ परिसर, तस्बीरः प्रारम्भ खबर

 

यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।

जनै पूर्णिमा तथा रक्षाबन्धनका दिन पशुपतिनाथ परिसर, तस्बीरः प्रारम्भ खबर

 

पशुपति परिसरमा अन्य समयभन्दा आज भीडभाड देखिएको छ । भक्ताजनभन्दा युवा जामतको भीड बाग्लो आएका छन् । सबै पुरुष तथा महिलाहरु पुरोहितबाट राखी बान्दै दक्षिण समेत दिएका छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.