भौतिक मन्त्री खत्रीलाई पक्राउ गर्न अदालतको आदेश

साउन २८, काठमाडौं । उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिएको छ । न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगाना सम्मिलित उच्च अदालत पाटनको वाणिज्य इजलासले तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको हो ।

मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको फर्जी बैंक ग्यारेन्टी गरेको भन्दै दायर भएको रिटमा आदेश गर्दै पक्राउ गर्न भनिउको उच्च अदालतल पाटनले जनाएको छ । कृषि विकास बैंक भोजपुरबाट जारी गरेको फर्जी बैंक ग्यारेन्टी बनाएर उनीहरूले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अदालतको ठहर छ ।

ठेकेदार समेत रहेका मन्त्री खत्रीको आफ्नै निर्माण कम्पनी छ । उनी ५५-५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी किर्ते बनाउँदा उनी साक्षी बसेका थिए ।

ठेकेदार रणवीर तुम्बा र देवजंग शाही सो मुद्दामा तुम्बा, शाही र बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाललाई प्रहरीले पक्राउ गरी अदालत पेश गरिसकेपनि मुद्दामा प्रतिवादी बनाइएका मन्त्री खत्री र अर्का व्यक्ति राजुप्रसाद श्रेष्ठ भने उपस्थित भएका थिएनन् ।

“अभियोगपत्रमा कर्णाली प्रदेशका मन्त्री कृष्ण खत्रीको छोरा भनि उल्लेख गरिएको देखिँदा यसप्रकारको अपराध अनुसन्धान र अभियोजन पद्धति फौजदारी न्यायप्रति मजाक हुने अवस्थातर्फ अनुसन्धान र अभियोजनकर्ताको गम्भीर ध्यानाकर्षण गराउँछौँ,” सोमबार जारी गरेको अदालतको आदेशमा उल्लेख छ, “प्रतिवादी खडकबहादुर खत्री कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री हुन् वा मन्त्रीका छोरा के हुन् सो को यकिन जवाफसहित निज मन्त्री पदमा बहाल रहेको भए तीन दिनभित्र बयानका लागि यी प्रतिवादीलाई यस अदालतमा पेश गर्नू।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.