साउन २८,काठमाडौँ । रुपन्देहीको सैनामैनामा सर्पले डस्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा न ।१० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सुकमायालाई खुट्टाको औँलामा विषालु सर्पले डसेको थियो । उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका ल्याएकोमा अस्पतालले मृत भएको घोषणा गरेको थियो ।

