सांसद राई कड्किदै भने – मेयर साब १० करोडको हल्ला बन्द गर्नुस्

प्रारम्भ खबर ।
साउन २७, काठमाडौँ । जोरपाटी सुन्दरीजल सडक खण्ड विस्तारमा देखिएको गतिरोध हटाउन शनिवार आयोजीत सहजीकरण तथा अन्र्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुवीच आरोपप्रत्यारोप सहित खण्डन भएको छ ।

जोरपाटी सुन्दरीजल सडक निर्माण सहजीकरण समितिले आयोजना गरिएको कार्यक्रममा काठमाडौँ क्षेत्र नं. ३ का सांसद कृष्ण राईले गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेलाई १० करोडको हल्ला नफिजाउन आग्रह गरेका छन् । मेयर चालिसेले जोरपाटी सुन्दरीजल सडक खण्ड विस्तारमा आफ्नो नगरबाट १० करोड छुट्याएको भन्दै जनतालाई भ्रम छर्न नहुने सांसद राईको भनाई छ । केन्द्रिय सरकारको आयोजनामा स्थानीय सरकारले चलाउने कुनै कानुनी प्रवाधान नरहेको भन्दै मेयरसाबले उक्त तर्क दिन नहुने बताए । उनले कुनै हालतमा सडक विस्तार हुने बताउँदै सडक विभागले स्थानीय जनप्रतिनिधिसंग समन्वय गर्दै प्राविधिक र कार्यविधिअनुसार काम गर्न आग्रह गरे ।

उक्त विस्तार कार्य डिपिआरको काम पूरा नभई टेन्डर प्रक्रियामा जानु नै गलत भएको बताउँदै निर्माण कार्यमा अवरोध सिर्जना भईरहेको बताए । त्यस्तै कार्यक्रममा जनस्तरबाट उठेका प्रश्नको जावाफ दिदै प्रदेश सांसद रामेश्वर फुयाँलले सडकविस्तारको काम अघि बढिसकेको बताउँदै कोही कसै पक्ष विपक्षमा उभिएर बहस गर्न नहुने बताए । उनले सार्वजनिक स्थानहरुमा काम सुरु भईसकेको अवस्थामा कोहीकसैलाई उचाल्ने र खसाल्ने भन्दा सबै जना मिलेर विकास निर्माणको काममा एकजुट भएर लाग्नुपर्ने बताए । अर्का प्रदेश सांसद छिरिङदोर्जे तामाङले पनि जनतालाई समस्यामा पार्न नहुने भन्दै पीडित जनताको आवाजलाई सम्बोधन गर्नुपर्ने बताए ।

गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले सडक विस्तारमा केन्द्रिय सरकारले टेण्डर आह्वान गरी चुप लागेर बसेको आरोप लगाए । केन्द्रि सरकारकै कारण स्थानीय सरकारको बदनाम गर्न खोजिए भन्दै आक्रोस पोखे । केन्द्रिय सरकारले समयमै काम गर्न नसके नगरपालिकाले नै स्थानीय सरकारलाई नै अधिकार प्रदान गर्न आग्रह गरे । कार्यक्रममा राजनीतिक दल, सामाजिक संघसंस्था तथा स्थानीयहरुको बाग्लो सहभागीता रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.