साउन २४, ललितपुर । ललितपुर महानगरपालिकाले पनि दुई वटा ब्रुमर संचालनमा ल्याएको छ । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तरगत ब्रुमर संचालनमा ल्याइएको बताउनुभयो ।
त्यसैगरी २ वटा पानी टयांकर पनि संचालनमा ल्याइएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको बु्रमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा संचालन गरिनेछ ।
इटालीमा निर्माण गरिएको दुई वटा ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको छ । पानी टयांकर भने सिप्रडी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैँयामा खरिद गरिएको हो ।
ठूला ब्रुमर संचालन नहुने स्थानहरुमा साना ब्रुमर को प्रयोग गरी सफाई अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ ।

