गीतकार थापाको “थाहा छैन” म्यूजिक भीडियो सार्वजनिक

साउन २३, काठमाडौँ । रामेछाप नगरपालिका वडा नं १ गोठगांउ निवासी गितकार सन्तोष जंग थापाले रचना तथा निर्माण गरेको गित “थाहा छैन” छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

चर्चित गायिका अञ्जु पन्तको स्वरमा गुञ्जित ‘थाहा छैन यो जिन्दगी कता जादैछ’ बोलको गीतलाई आषिक राईले संगीत दिएका छन् भने निर्देशन पनि राईकै रहेको छ । ‘थाहा छैन यो जिन्दगी कता जादैछ’ मा भने अहिलेकी निकै चर्चामा रहेकी अभिनेत्री शिल्पा पोखरेलले अभिनय गरेकी छिन् । उनलाई नविन बुढाथोकीले साथ दिएका छन् ।

पछिल्लो समय अभिनेत्री शील्पा पोखरेल र निर्माता छवि ओझाबीचको विवादले नेपाली रङ्गमञ्च रुमल्लिएको छ । यो जोडीको पारिवारिक सम्बन्धले दर्शकलाई समेत विभाजित बनाएको छ । कोही छविको पक्षमा छन् भने कोही शिल्पाको । उनीहरुको पारिवारिक विवाद चर्चिकै गर्दा यसै हप्ता गीतकार  सन्तोषको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतलाई अहिले छबि र शील्पाबीचको विवादलाई जोडेर हेर्न थालिएको छ । गीत र भिडियो नै शिल्पाले जीन्दगीसँग मेल खाने रहेको भन्न थालिएको छ ।

रामेछापको गोठगाउँमा जन्मिएका थापाको यो दोस्रो गीत हो । गीतलाई सदभाव टिभी नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यसअघि सन्तोषले ‘तिमीबाट टाढा हुँदा’ बोलको गीत सार्वजनिक गरिसकेका छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.