साउन २२, भक्तपुर । सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा पास गरिदिन्छु भन्दै ठगी गर्न खोज्ने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रे बनेपा बस्ने ३१ वर्षीय पशुपति आचार्य छन् । मध्यपुर ठिमी नगरपालिका–४ राधेराधेस्थित इजि ट्रायल सेन्टर अगाडिबाट आचार्यलाई महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरीले पक्राउ गरेको हो ।

