दलित समुदायलाई घर हस्तान्तरण

साउन २२, खस्यौली । रुपन्देहीको कञ्चन गाउँपालिका–२ स्थित रातामाटामा निर्माण भएका पाँच घर आज स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले दलित समुदायका पाँच जनालाई शौचालयसहितको जस्तापाता लगाएको दुईकोठे भवनको ताला तथा चाबी हस्तान्तरण गरे । सङ्घीय सरकार तराई मधेश समृद्धि कार्यक्रम र कञ्चन गाउँपालिकाको संयुक्त लगानीमा मुुसहर तथा दलित बस्तीका लागि घर निर्माण भएको थियो । एक घरका लागि दुई लाख २० हजार लगानी रहेको बताइएको छ ।

सङ्घीय सरकारको एक करोड र कञ्चन गाउँपालिकाको १० लाख लगानीमा सो गाउँपालिकाका सबै वडामा ५० घर निर्माण भएको छ । गाउँपालिका–२ मा मात्रै २५ घर छ भने प्रत्येक वडामा पाँच–पाँच घर निर्माण भएको छ । निर्माण भएका २५ घर मुसहर र २५ घर दलित बस्तीका लागि निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । सरकारी जग्गामा निर्माण भएको आवासमा बस्ने व्यक्तिको स्वामित्व रहेको छैन । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.