मापदण्ड विपरीत पेप्सी डिलरः विक्रि वितरणमा दुईटा मूल्य

प्रारम्भ खबर ।
साउन २२, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्थित वेशीगाउँमा रहेको पेप्सी कम्पनीका डिलरले कानुनीय मापदण्ड विपरीत उपभोक्तलाई चिसो पेय पर्दाथ विक्रि वितारण गर्दै आएको छ ।

सरकारले लागू गरेको कानुनको धज्जी उठाउँदै उक्त डिलरले उपभोक्तहरुलाई फरक–फरक मूल्यमा सामान विक्रि वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा लागू हुने गरी प्रत्येक खुद्र तथा व्यवसायिक पसलहरुले अनिवार्य रुपमा कम्पनी दर्ता तथा प्यान नं. राख्नुपर्ने मापदण्ड बनाएको छ । तर थुप्रै पसल तथा होटलहरु व्यवसायिक दर्ता तथा प्यान विना सञ्चालन भईरहेको छ ।

राजस्वलाई कानुनीय दायरामा ल्याउन सरकारले हरेक व्यवसायि तथा व्यक्तिलाई समेत प्यान नं. अनिवार्य हुनुपर्ने बताउँदै आएको छ । प्यान दर्ता विना मादक पर्दाथ, सूर्तीजन्य पदार्थ तथा चिसो पिय पदार्थ विक्रि वितरणमा रोक लगाएको छ । तर उक्त डिलरले प्यान दर्ता नभएको पसल तथा उपभोक्तहरुलाई समेत बढि पैसा असुल्दै पेप्सी, डिउ तथा चिसो पदार्थ वितरण गरेको छ । उक्त कार्य जोरपाटीमा रहेको डिलरको बा १० च ३५६ नं. को गाडीमा विक्रि वितरण गर्दै गरेको अवस्थामा फेला परेको छ ।

प्यान दर्ता पसललाई ६०० एमएलको एक केज चिसोलाई रु. १५४० मा विक्रि वितरण गरिएको छ भने प्यान दर्ता नभएकालाई पनि रु. १६९० रकम लिई विक्रि वितरण गर्दै आएको भेटिएको छ । त्यस्तै सिसाको बोतल १ केजलाई रु. ७४५ ÷ रु. ७७० का दरले उपभोक्तबाट पैसा लिएको छ । सरकारले बनाएको मापदण्डले दर्ता नभएका पसललाई वितरण गर्न नमिल्ने भनिएपनि पेप्सी कम्पनीका डिलरले भने बढि पैसा लिई बितरण गर्दै आएको छ ।
जोरपाटीमा रहेको सो डिलरले यसअघि पनि विभिन्न स्किमका नाममा गुणस्तरहिन र म्याद सकिएको वितरण गर्दै आएको उपभोक्तहरुको भनाई छ । स्किम अफरमा डिउको सट्ट सेभेन अप वितरण गरी उपभोक्त ठगी गर्दै आएको खुलासा भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.