सुबिसुको मुख्य सर्भर रहेकाे कार्यालयमा भीषण आगलागी

साउन २२, काठमाडौं । बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक सुबिसु कम्पनीको मुख्य कार्यालय भवनमा भीषण आगलागी भएको छ । बालुवाटार चोक नजिकै रहेको रिजर्भ पेट्राेल ट्यांकीमा अागाे लागेकाे जनाइएको छ ।

काठमाडाैँ महानगरीय प्रहरीले जनाएअनुसार घटनाबाट ठुलो क्षति भएको अनुमान गरिएको छ । पेट्रोल राखिएको स्थानबाट सल्किएर इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको मुख्य सर्भर रहेकाे कार्यालय भवनसम्मै आगाे लागेकाे प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ । मध्यान्ह १२ बजेर ४० मिनेटदेखि आगो सुरु भएको र आगो नियन्त्रणमा लिन काठमाडौँ र ललितपुरसहितका दमकल त्यहाँ छन । घटनाबारे थप विवरण आउँन बाँकी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.