हेलाम्बुमा ४५ मिटर लम्बाइको पक्की पुल शिलान्यास

 प्रारम्भ संवाददाता

साउन २२, हेलम्बु । हेलम्बु गाउँपालिकाको तिम्बु दोरिङ मेलम्चीघ्याङ सडकको नाकोते चोक्पुमा पर्ने मेलम्ची खोलामा पक्की मोटरेबल पुल (ट्रस ब्रिज) को शिलान्यास भ​एको छ ।

पक्की पुलको अभावमा बर्षायाममा ६ महिना यातायात ठप्प हुने कारण मेलम्चीघ्याङका बासिन्दाले निकै सास्ती भोक्दै आएको थियो । मेलम्चीघ्याङका बासिन्दाहरु र आसपासका बासिन्दाहरुको समास्या लाई मध्यनजर गर्दै हेलम्बु गाउँपालिकाको बिशेष पहलमा उक्त पुल निर्माण हुनलागेको हो । मंगलवार गाउँपालिकाको अध्यक्ष निमा ज्ञ्ाल्जेन शेर्पाले पुलको शिलान्यास गर्दै “अब पक्की पुलको अभावमा मेलम्चीघ्याङका बासिन्दाहरुले भोक्दै आएका समस्याको अन्त्य हुने विश्वास ब्यक्त गरेका छन ।” २०७६ साल चैत्र /बैशाख भित्रनै सम्पन्न हुने लक्ष्य राखिएको ४५ मि. लम्बाइ रहेको उक्त पुल शिलान्यास भ​ए संगै स्थानिय बासिन्दाहरुले खुसी व्यक्त गरेका छन् ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष निमा ज्ञ्ाल्जेन शेर्पा, वडा नं १ का अध्यक्ष मिङमार लामा, वडा सदस्यहरु लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.