साउन २२, जनकपुर । अवैध २१ लाखसहित एक युवक पक्राउ परेका छन । महोत्तरी जिल्लाको मटिहानीबाट सशस्त्र प्रहरीले अवैध रुपमा २१ लाख २२ हजार सहित एक युवकलाई पक्राउ परेका हुन ।
मङ्गलवार बिहान सिमावर्ती क्षेत्र मटिहानी नगरपालिका-९ स्थित हनुमान चोकबाट महोत्तरी गाउँपालिका–१ डाम्ही बस्ने ३५ वर्षीय सुरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट सुराकीको अधारमा प्रहरीले ठाकुरलाई चेकजाँच गर्ने क्रममा सो रकम फेला पारेको छ ।
स्रोत नखुलेको २१ लाख २२ हजार नगद सहित ठाकुरले ज ११ प १७३२ नम्बरको मोटरसाईकलमा जलेश्वरतर्फ गइरहेको बेला हनुमान चोकमा प्रहरीले चेकजाँच गर्दा सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

