खाना पकाउने ग्यासकाे मूल्य घट्यो, पेट्रोल र डिजेलमा भने बढ्याे

साउन २२, काठमाडाैँ । नेपाल आयल निगमले ज्ञ्ासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको छ। घटेको मूल्य अनुसार अब ज्ञ्ाँसको सिलिन्डरको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ । तर निगमले पेट्रोल र डिजेलको मूल्य भने वृद्धि गरेको छ ।

मंगलबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा मूल्य बढाएको छ । बढेको मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय ९ र डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । हवाई ईन्धनको खुद्रा बिक्री मूल्य भने यथावत छ ।

मूल्य बढेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यभन्दा पेट्रोल र डिजलमा प्रति लिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो हुने निगमले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.