गाउँपालिका अध्यक्षको अनिमियतताः किर्ते हस्ताक्षर गरी उपभोक्त समिति गठन

प्रारम्भ खबर ।
साउन२०, काठमाडौँ । रामेछाप जिल्ला स्थित गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले मनोमानी गर्दै विकास योजनामा चरम अनिमियतता गरेको खुलासा भएको छ ।

सोही गाँउपालिकाको वडा नं. १ स्थित चिज जनजाति पदमार्ग निर्माण उपभोक्त समिति गठनमा अध्यक्ष सुनुवारले आफु निकट व्यक्ति र सहयोगीलाई समेत राखेर ४९ लाख बजेटको अनिमियतता गरेका छन् । सम्बन्धित वडालाई नै जानकारी तथा सूचना नदिई अध्यक्ष आफ्नै पहलमा स्थानीय तहको उपभोक्त समिति गठन प्रक्रियाको कार्यवीधि विपरीत समिति गठन गरिएको खुल्न आएको छ । गत २०७५ पौस १५ गते बैठकमा सहभागी नै नभएको व्यक्तिहरुको नाम लेखाई किर्ते हस्तक्षार गरी बनाएको सो समितिले प्रभावकारी काम नगरेको र गोरेटो बाटो निर्माणमा समेत मापदण्ड विपरीत कार्य भएको बुझिएको छ ।

पछिल्लो समयमा बाँकी रकम निकासी गर्न भने वडामा सिफारिस लिन आउँदा गलत प्रक्रियाबाट आएको समिति भन्दै वडा नं. १ का अध्यक्ष मणि कुमार लामाले सिफारिस नदिएको बताए । वोट, विरुवा मासेर क्षति पु¥याएको र भएका रुखहरु समेत फडानी गरी वातावरणमा समेत ह्रास आउने काम गरेको उनको आरोप छ । गौरीशंकर संरक्षण क्षेत्रमा मापदण्ड विपरीत गोरेटो बाटो निर्माण गरेको कारण वडाबाट सिफारिस नदिएको अध्यक्ष लामाको भनाई छ । हरेक कामको लागि सम्बन्धित वडाको सिफारिस आवश्यक भएपनि वडाको अधिकारमाथी हस्ताक्षप गर्दै गाउँपालिका अध्यक्ष सुनुवारले शक्तिको दम्भ देखाउन नहुने उनको तर्क छ । संरक्षण क्षेत्रमा भएको जुनसुकै कार्य गर्न वा रुख बोट विरुवा फडानी गर्न सम्बन्धित निकायको अनुमति चाहिन्छ तर उक्त समितिले विना अनुमाति गैरकानुनी रुपमा काम गरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताए ।

विकासभन्दा आर्थिक लाभका लागि काम गरेको र त्यस कार्यले खानेपानीको मुहानमा समेत असर पर्ने खतरा छ । एउटै व्यक्ति दुई ओटा उपभोक्त समितिमा बस्दै आएको, सोही गाउँपालिकाको अध्यक्षकै सहयोगी समेत रहेका पर्शुराम कार्कीलाई पनि समितिका सदस्य बनाएको छ । उक्त समितिले ३७ लाख रकम निकासी गरी सकेको र बाँकी १२ लाख रकमका लागि वडाको सिफारिस चाहिने भन्दै वैधानिकता बन्न खोजिएपनि अपारदर्शीता गतिविधि गर्नेलाई कुनै सफाई नदिने वडा अध्यक्ष मणि कुमार लामाले बताएका छन् ।

संघीय संरचना अनुसार स्थानीय तहले पाएको अधिकारबाट वडा बञ्चित हुन पुगेको छ । कार्यविधिअनुसार प्रत्येक वडाको विकास निर्माण तथा अन्य योजनाको अख्तियारी गर्न पाउने वडाको अधिकारलाई गाउँपालिका अध्यक्षले हस्ताक्षेप गरेको भन्दै वडा अध्यक्ष मणिकुमार लामाले राजनीतिक दल तथा आम नागरिकले चासो लिनुपर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.