साउन २०, काठमाडौं । मन्त्रिपरिषद्को यही साउन १६ गतेको बैठकले साउन १ गते देखि लागु हुने गरी तलबमान, ग्रेड र प्राविधिक ग्रेड समेतको व्यवस्था गरेको छ ।
जसमा सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका राष्ट्र सेवकको लागि यही साउन १ देखि लागु हुने गरी तलबमान कायम गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
२०५७ साल साउन १ भन्दा अघि प्राविधिक पदमा नियुक्ति पाई प्राविधिक वा सो सरह तलब भत्ता खाइपाइ आएका राष्ट्रसेवक कर्मचारीका लागि २०५७ सालको विशेष व्यवस्था अन्तर्गत प्राविधिक ग्रेडबापत २०७६ असार मसान्त सम्म खाइपाइ आएको रकम नयाँ तलबमानमा थप गरी तलब भुक्तानी दिने समेत अर्थ मन्त्रालयले जनाएको छ ।
हेर्नुस् अर्थमन्त्रालयबाट जारी सूचना :-


