सशस्त्र प्रहरी बलका तीनजना एआईजीको सरुवा

साउन १९, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एआईजीहरुको सरुवा गरिएको बताए । नयाँ सरुवाअनुसार सीमा सुरक्षा विभागमा कार्यरत पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । मानवस्रोत साधान विभागमा कार्यरत एआईजी नारायणबाबु थापालाई सीमा सुरक्षा विभागमा र रामशरण पौडेलको मानव स्रोत साधान विभागमा सरुवा भएको छ ।

एआईजी पौडेल यसअघि सशस्त्रको प्रशिक्षण प्रतिष्ठान विभागमा कार्यरत थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.