एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजन अन्तर्गत जोअन जम्पर ट्रफिका लागि प्रिमियर लिग क्लब आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ । दुबै टोलीबीचको खेल नेपाली समयअनुसार ११ः४५ बाट सुरु हुनेछ ।
बार्सिलोनाका घरेलु मैदान क्याम्प नाउमा हुने खेलमा दुबै टोली ट्रफिका लागि भिड्ने छन् । बार्सिलोनाले प्रि–सिजन अन्तर्गतको तेस्रो खेलमा आर्सनलसँग प्रतिस्पर्धा गर्ने भएको हो । यसअघि बार्सिलोनाले दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ ।

