एक भारतीय युवक पोखरीमा डुबेर बेपत्ता

साउन १९, सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुरस्थित नेपाल– भारत सीमा नजिकै रहेको पोखरीमा डुबेर एक भारतीय युवक बेपत्ता भएका छन ।

शनिबार साँझ तीन साथीसँग पोखरीमा नुहाउन गएका भारत बिहार सीतामढी जिल्ला बथुवारा लालबन्दी–२ निवासी हबिव अन्सारीका १६ वर्षीय छोरा अजुव अन्सारी पोखरीमा डुबेर बेपत्ता भएका हुन ।

हिजो साँझ ५ बजेदेखि नै पोखरीमा बेपत्ता युवकको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । पोखरीमा बढी पानी भएका कारण खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । खोजीकार्य अहिले पनि जारी नै रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.