फोटो खिच्ने क्रममा एमबाप्पेले नेयमारलाई धकेल्दै टोली बाहिर पठाए (भिडियाेसहित)

साउन १९, काठमाडौँ । शनिबार भएको फ्रेन्च सुपर कपको खेलमा पीएसजीले रेन्नेसलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जित्यो । उपाधि जितेपछि ट्रफीसँग रहेर टोलीले फोटो खिच्ने क्रममा एमबाप्पेले नेयमारलाई धकेल्दै टोली बाहिर पठाएको हो ।

फ्रेन्च सुपर कपको खेलमा नेयमार सहभागि थिएन तर ट्रफी र पदक वितरण समारोहमा भने उनी उपस्थित थिएका थिए ।

भिडियोमा इटालियन मिडफिल्डर मार्को भेराट्टीले ट्रफी उचाल्ने समयमा नेयमारलाई तान्दै टोलीसँगै रहन आग्रह गरेको देखिन्छ ।

यसक्रममा एमबाप्पेले पनि नेयमारलाई आफूतर्फ बोलाएका थिए । तर खुसीयाली मनाउने क्रममा नेयमार र एमबाप्पेबीच केहि मनमुटाव बढेपछि एमबाप्पले नेयमारलाई धकेल्दै टोली बाहिर पठाए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.