स्कुल बस र मोटरसाइकल ठोक्कियाे, एक जना गम्भीर घाइते

साउन १९, स्याङ्जा । स्याङ्जाको वयरघारीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन ।

आइतबार बिहान बालज्योती स्कुलको लुआ ब ३२७३ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलसँग ठोकिँदा मोटरसाइकलमा सवार दुवै जना गाम्भिर घाइते भएका छन ।

घाइते हुने मा भीरकोट ८ बस्ने धनबहादुर मगर र भीरकोट मै डेरा गर्दै आएका विशाल थापा मगर रहेका छन । हाल उनीहरूलाई स्थानीयको सक्रियता मा पोखरा मणिपाल अस्पतालमा उपचारकोलागि पठाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.