रामेछापको वडा कार्यालयमा सिलिण्डर बम विस्फोट

साउन १८, रामेछाप । रामेछापको वडा कार्यालयमा सिलिण्डर बम विस्फोट भएको छ।

खाँडादेवी गाउँपालिका वडा नम्बर ३ भीरपानीको वडा कार्यालयमा बम विस्फोट भएको हो । अज्ञात समूहले शनिबार बिहान २ बजेतिर बम विस्फोट गराएको वडा अध्यक्ष पुष्कर कुमार कार्कीले जानकारी दिए । कार्कीले कार्यालयका महत्वपूर्ण कागजात नष्ट भएको बताए।

विस्फोटबाट एउटा कोठा पूर्णरुपमा क्षति भएको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.