काठमाडौंको धोवीखोला करिडोरमा वृक्षारोपण

साउन ११, काठमाडौं । काठमाडौंको धोवीखोला करिडोरमा वृक्षारोपन गरिएको छ । पहिलो चरण अन्तर्गत शनिबार क्षेत्र नम्बर ५ ‘क’ को बैजनीपुलदेखि पहेँलो पुलसम्म वृक्षारोपन गरिएको छ ।

खोलाको संरक्षणका साथै वातवरणलाई हराभरा बनाउन ३ सय ८० वटा विरुवा रोपिएको प्रदेश सांसद नारायण सिलवालले जानकारी दिए । नेकपा केन्द्रिय सदस्य समेत रहेका संसद सिलवाल, सिता दाहाल र उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्यको नेतृतवमा वृक्षारोपन गरिएको हो । ‘भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने गरि विरुवा रोप्ने अभियान चलाएका हौं’ वृक्षारोपनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिलवालले भने, यो अभियानलाई निरन्तरता दिन्छौं ।’

मानिसको जीवन्सँग जोडिएको भएकाले प्रत्येक नागरिकले विरुवा रोप्ने बानीको विकास गर्नुपर्नेमा उनको जोड थियो ।  महासंघका पूर्व अध्यक्ष बैद्यले काठमाडौंलाई सफा र हराभरा बनाउन विरुवा रोप्ने अभियानमा लाग्न सबैलाई आग्रह गरे । सो क्षेत्रमा रोपिएको विरुवाको संरक्षण गर्ने समेत उनले प्रतिबद्धता जनाए । वृक्षारोपन कार्यक्रममा वडा नम्बर चारका जनप्रतिनिधिहरु, स्थानीय, वुद्धिजीवि, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि समेत सहभागी भएको सांसद सिलवालका स्वकिय सचिव लक्ष्मण शर्माले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.