करेन्ट लागेर बाबुछोराको मृत्यु

साउन ११, काठमाडौँ । धनुषाकोे कमला नगरपालिका–१ मंगराहा गाउँमा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको छ।

खेतमा काम गर्न गएका बेला ४५ वर्षीय राजेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धमेन्द्रको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रवार साँझ करेन्ट लागेर घाइते भएका उनीहरुलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय शहीदनगर यदुकुहाले जनाएको छ।

खेतमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.