बाल अस्पतालका लागि सरकारले ४१ रोपनी जग्गा दिने

साउन ९, काठमाडौं । सरकारले काठमाडौं इन्सिच्युट अफ चाइल्ड हेल्थलाई बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा दिने निर्णय गरेको छ ।

बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले सातै प्रदेशमा सुविधासम्पन्न बाल अस्पताल बनाउने घोषणा गरेका थिए । यसकै लागि सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.