७८ करोडमा सडक विस्तार हुदै, सहयोग गर्न गोकर्णेश्वर नगरपालिकाको आलटाल

प्रारम्भ खबर । साउन ९, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका स्थित जोरपाटी सुन्दरीजल सडक खण्ड विस्तारमा अवरोध भईरहेको छ ।  काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाको कार्यक्षेत्रमा पर्ने जोरपाटीचोकदेखि सुन्दरीजलसम्म विस्तारका लागि २ प्याकेजमा ठेक्का आह्वन गरी निर्माण व्यवसायीसंग खरिद सम्झौता समेत भईसकेको उक्त सडकमा पछिल्लो समयमा राजनीतिकरण भईरहेको छ ।

विस्तार कार्यलाई सहजीकरण तथा सार्वजनिक वा सडक मिचिएका व्यक्तिको भौतिक संरचनाहरुको यकिन गरी उक्त कामलाई सहयोग गर्न भौतिक पूर्वधार तथा यातायात मन्त्रालय सडक विभाग अन्र्तगत काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गोकर्णेश्वर नगरपालिकालाई पटक–पटक पत्रमार्फत सहयोग मागे पनि नगरले वास्ता नगरेको बुझिएको छ । २०७६ बैशाख २४ सडक विस्तार आयोजनाले उक्त कार्यलाई सहज बनाउन पठाइएको पत्रलाई समेत वेवास्ता गरी सडक विस्तारमा नगरले अवरोध सिर्जना गरिरहेको स्रोतले बताएको छ । सडक सिमाभित्रका संरचनाहरु पूर्ण रुपमा हटि साइड क्लियर नभएसम्म कार्य अगाडी बढाउन नसकिने भन्दै सार्वजनिक जग्गा एवम् घर टहराहरुको यकिन गरी उक्त संरचनाहरु हटाउने कार्यमा आवश्यक सहयोग गराउन पत्र पठाएको थियो । तर गुरु योजना समेत रहेको उक्त सडक खण्डमा नगर प्रमुख सन्तोष चालिसे भने आफ्नै नगरको स्रोतबाट विस्तार गर्ने भन्दै मिडियामा आएका छन् ।

चेनेज ०+००० देखि ६+००० किलोमिटर लम्बाईमा रहेको उक्त सडकको कूल चौडाई सडकको केन्द्रदेखि दायाँबायाँ ११÷११ मीटर गरी कूल २२ मीटरमा फराकिलो बनाउने गरी कार्य अगाडी बढाउन निर्माण कम्पनी श्री आशिष÷सि.एम. जे.भि. बानेश्वरसंग मिति २०७३ असार ३ गते सम्झौता भएको थियो । उक्त ठेक्का सम्पन्न मिति भने २०७५ भदौँ ३ गते रहेको थियो ।  सोमबार उक्त सडकमा सार्वसाधारण हिड्नै मुस्किल भएको भन्दै विरोध स्वरुप स्थानीयले सडकमै कोदो रेपेका थिए । तर उक्त दिन साउन ६ गते तत्काल समस्यको समाधान हटाउन बसकेको आकस्मिक बैठकबाट गरिएको निणर्यको भने आक्षराशः पालना गर्न सकिरहेको छैन् । उक्त सडक कार्य आयोजनाका आयोजना प्रमुख अर्जुनप्रसाद अर्याल, काठमाडौँ ३ नं. क्षेत्रका सांसद कृृष्ण राई, प्रदेश सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे लगायतका विभिन्न क्षेत्रका प्रतिनिधिहरुबीच भएको निर्णयले सार्थकता पाउन मुस्किल हुने संकेत देखाईरहेको छ ।

उक्त बैठकबाट सूचना सार्वजनिक गर्ने जिम्मेवारी पाएका नगरपालिकाले भने ३ दिन भए पनि कुनै कामको टुंगो लगाउन सकेको छैन् । यस अघि पनि सार्वजनिक सूचना आह्वन गरी सडक विस्तार कार्यलाई सहयोग गर्न आयोजनाबाट पत्र पठाएपनि वेवास्ता गर्ने नगरपालिका प्रमुख सन्तोष चालिसे पछिल्लो समयमा सहयोग गर्नबाट पछि हट्न खोजिएको स्रोतको भनाई छ । त्यस्तै सडक विस्तारकै अभियानलाई सहयोग पु¥याउने उद्देश्यले सांसद राई र फुयाँलले बिग्रिएको सडकको खाल्डाखुल्डी पुर्ने काममा जनताको साथ रहेको बताउँदै आईरहेका छन् । गुणस्तरीय रोडा र चोक्कर राखिए पनि अत्याधिक वर्षादका कारण केही ठाउँमा हिलोले जनतालाई सास्ती पुगेको सांसद फुयाँलले स्वीकारेका छन् । तर स्थानीयको साथ भएपनि केही व्यक्तिहरुले विकास कार्यमा समेत राजनीतिकरण गर्न खोजिएको बताए ।

सोमबारको घटनामा प्रदेश सांसद रामेश्वरकै प्रतिद्वान्द्वी विमल ठकुरीको निवास अगाडी नै जमेको पानीलाई निकास दिनुको सट्टा केही व्यक्तिलाई उत्रारेर विरोध गराएको एक थरीका स्थानीयहरुको भनाई छ । रु. ७८ करोडमा विस्तार गर्नुपर्ने उक्त सडक क्षेत्रमा करिव ८ सय घर टहराहरु हटाउनुपर्नेेमा नगरपालिकाले त्यस कार्यमा ढिलासुस्ती गर्दै आएको बताएको छ । केही सार्वजनिक जग्गा मिचिएको घर टहराहरु पनि रहेको र बाँकी सार्वजनिक जग्गाहरुमा सडक विस्तार कार्य सुरु भईसकेको निर्माण पक्षले बताएको छ । सडकलाई राजनीतिक मुद्ध बनाई गरी खाने बाटो कहिलेसम्म बनाउने ? जनता सडक विस्तारमा सकारात्मक छ तर नरपालिकाले किन बाँझो हाल्ने ? गम्भीर रहस्यको विषय बनेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.