बोरिस बेलायतका नयाँ प्रधानमन्त्री

साउन ९, एजेन्सी। बेलायतमा बोरिस जोन्सन नयाँ प्रधानमन्त्री बन्नुभएको छ । महारानी एलिजाबेथ द्वितीयाले बुधबार उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

जोन्सनले बुधबारै पदभार ग्रहण गर्नुभएको बीबीसीले जनाएको छ । उहाँ सत्ताधारी कन्जरभेटिभ पार्टीका नेता हुनुहुन्छ । जोन्सन मङ्गलबार सो पार्टीको नयाँ नेता चुनिनुभएको हो ।  बकिङ्घम दरबारमा महारानी एलिजाबेथलाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिङ स्ट्रिटमा फर्किएपछि उहाँले देशवासीका नाममा सम्बोधन गर्नुभयो ।

जोन्सनले युरोपेली सङ्घबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रित बनाउनुभयो । उहाँले आगामी ३१ अक्टोबरभित्र बेलायत युरोपेली सङ्घबाट अलग भइसक्नेमा आफू विश्वस्त रहेको पनि स्पष्ट गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.