साउन ६, काठमाडौं । पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरिएको छ ।
विराटनगर महानगरपालिकाले प्रतियोगिता सम्पन्न भएको ५ महिनापछि सम्मान गरेको हो । आज विराटनगरमा आयोजित कार्यक्रममा महानगर प्रमुख भीम पराजुलीले खेलाडीलाई सम्मान गरेका हुन् । सम्मानित भएका खेलाडीले जनही ५०–५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । यस्तै प्रदेश सरकारले पनि भोलि सम्मान गर्ने कार्यक्रम छ ।
साफको फाइनलपछि महानगरले उपविजेता टोलीलाई ५० हजार रुपैयाँले सम्मान गर्ने घोषणा गरेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

