झमक्क साँझ प¥यो, अन्धकार समय थियो । आँध्योरो त्यो रात । मान्छे चिन्नै कठिन अनि त्यतिनै बेला स्कुटी पुग्यो सुन्दरीजल स्थित बिपि सङ्ग्रहालय गेटनिर । सुरक्षाकर्मीलाई अनुरोध मागेँ भित्र प्रवेश गर्दै जाँदा त्यहाँ दुई व्यक्ति भेटिएँ । त्यसपछि तिनै व्यक्तिले कुर्सी ल्याउँदै अभिवादन गरियो । अभिवादन सहित चिया खाने विचार पनि राखियो । मैले पनि हुन्छ भनेँ । तिनै व्यक्ति थिए विपी सङ्ग्रहालयका संस्थापक अध्यक्ष पर्शुराम पोख्रेल । उनकै संकेतमा बिपि आफैले रोपेके कपुरको रुखमुनि म बसेँ । सुुरु भयो विपीवाद र लोकतन्त्रको अनुकरणका केही वृतान्तहरू । लोकतन्त्रको पर्यायको थलोको रूपमा सुन्दरीजल विपी सङ्ग्रहालयलाई लिइन्छ । लोकतान्त्रिक पद्दतिलाई स्थापित गर्नका लागि बिपि कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई (किसुन) लगायत धेरै नेताहरूले लामो समय कराबासको रूपमा दिनरात बिताएको ठाउँ हो सुन्दरीजलको सङ्ग्रहालय ।
निरन्तरताको कुनै धैर्यको सिमा हुँदैन र सिमा कोर्न पनि हुँदैन । जहिलेसम्म लोकतन्त्र स्थापना हुँदैन त्यतिबेलासम्मको यात्रा निरन्तर हुनुपर्छ । यो निरन्तर यात्रा विपिले (वि.सं. २००३ साल अगाडिदेखि २०३९ साल) आर्यघाटको विश्राम नलिएसम्म गरेका थिए । त्यस्तै गणेशमान पनि मृत्यु पर्यन्तसम्म हामीलाई त्यो पाठ दिएर गए । हामीले त्यो पाठलाई कति दिन सक्यौँ कति लिन सक्यौँ भन्ने कुरा आफूले समिक्षा गर्नुपर्ने र गर्न बाँकी रहेको तिनै संस्थापक अध्यक्ष पोख्रेल बताउँछन् ‘शाही शासनकालका आर्मी व्यारेक जनताले प्रयोग गर्न पाउनु लोकतन्त्रको उपलब्धि हो । लोकतन्त्र प्राप्तिका लागि विश्वेश्वरप्रसाद कोइराला र गणेशमानको अतुलनीय योगदान छ । उहाँहरूलाई बिर्सिएर लोकतन्त्रको कुरा ग¥यो भने गन्तव्यहीन हुन्छ । लोकतन्त्र एउटा निरन्तरता हो । त्यो निरन्तरता भन्ने कुरालाई विश्वेश्वरप्रसाद कोइरालाले पहिचानका साथ देखाइदिनु भएको छ । तिनै महान् व्यक्तित्वहरूको सम्झाना र सपना पूरा गर्न सकसपूर्ण तरिकाले सङ्ग्रहालयमा रूपन्तरण भएको छ ।’

कठिनपूर्ण तरिकाले सङ्ग्रहालयमा रूपन्तारण
तत्कालीन शाही नेपाली सेना र उनीहरूले पड्काउने डेटेनेटो सामानको गोदाम घरको रूपमा विकसित गरेको थियो । वि.सं. २०४७ को प्रजातन्त्र प्राप्तिपछि अभियानमा लागेको अध्यक्ष पर्शुराम पोख्रेल १४ वर्ष बेथित हुनुपरेको त्यो समयमा परिवर्तनहरू आएको सुनाउँछन् । संकटकाल घोषणा भएसँगै सेनाको नजिकबाट हिँड्ने बाटाघाटा बन्द भएको सबै चुनौतीसँग जुध्दै जाँदा नेपाललाई लोकतन्त्र गणतन्त्रमा प्रवेश गराउन सफल भएको दावी गर्छन् । २०३६ सालमा नेपाली कांग्रेसको तर्फबाट जनमत संग्रहको समयमा काठमाडौँ पूर्वी क्षेत्रमा अध्यक्ष भएर पार्टी राजनीतिमा ४० वर्ष बिताएको पर्शुराम पोख्रेलको नेतृत्वमा कठिनपूर्ण हिसाबले सङ्ग्रहालयको स्थापना गर्न सफल भएको बताउँछन् । वि.सं. २०४२ सालदेखि सत्यग्रह भाग लिएको २०४६ सालदेखि निरन्तरता नेपाली कांग्रेसप्रति प्रतिबद्धता र राजनीतिक सुरु भएको अवस्थामा २०६२÷०६३ सालको आन्दोलनमा नेतृत्व तहमै रहेर कार्य सम्पादन गर्दै आएपछि बिपि संग्रहालयको स्थापना गरी लोकतन्त्रलाई जीवन्त दिन परिकल्पनाका साथ अघि बढेको संग्रहालय पछिल्लो समयमा विपीवादको नारासहित देश दौरानमा रहेको छ ।
लोकतन्त्रको इतिहासमा विपी
वि.सं. २००७ सालदेखि २०१६ सालसम्मको खण्ड २०१६ देखि २०३६ सालसम्मको एउटा खण्ड त्यसपछिको १० वर्ष र २०६४ सालको गणतन्त्र घोषणा यी सबै इतिहासका कालखण्डलाई हेर्दा नेपालको राजनीतिमा विश्वेश्वरप्रसाद कोइराला केन्द्रिबिन्दुमा देखिन्थ्यो । उहाँलाई अलग गरेर राख्ने हो भने अहिलेको गणतन्त्र प्राप्ति आवश्य प्राप्ति हुँदैनथ्यो भन्ने कुरालाई साझा बहस पनि गर्न सक्छौं । २०३३ साल पुस १६ गते नेपाललाई सिक्किमीकरणबाट जोगाउनका लागि विपीले गरेको प्रयास र आफुलाई फाँसीको ७ वटा मुद्ध सुनाएको अवस्थामा समेत भारत प्रवासबाट आएर राष्ट्रिय स्वाधिनताको लागि लडिरह्यो ।
छिमेकी देश भारतले विस्तारवादका नीति लिएको र साना मुलुकहरूलाई गाँस्ने आफ्नो शक्ति बढाउने चिन्तन लिएको खास गरी इन्दिरा गान्धीको व्यवहारबाट विपी निकट भएर नियाल्दै इन्दिरा गान्धीको चंगुलमा फसेर बस्नु प¥यो भने नेपालले आफ्नो स्वाधिनता गुमाउँछ र सर्वभौम राज्यमाथि खतरा आइलाग्छ भन्दै आफ्नो जीवनलाई बाजी राखेर पुस १६ गते नेपाल फर्किएको थियो । दक्षिणपन्थी र कम्युनिष्टहरूबीच सजग भएकोे नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरूले राजा र पञ्च मिलेर कम्युनिष्टहरू दुईटैको चंगुलमा नेपाली कांग्रेस सामाना गर्नुपथ्यो । राजा र कम्युनिष्टको प्रहार हुँदा समेत काँग्रेसले आफ्नो अडान छाडेका थिएन ।
बिपिवाद अभियानको सारः
जहाँसम्म लोकतन्त्रलाई बलियो बनाउने र परिशिष्ट बनाउँदै लैैजाने क्रममा कम्युनिष्टसँग हातेमालो गर्नुपर्ने अवस्था आयो र कम्युनिष्टहरू सत्तामा पुगेपछि अलिकति आफूमा परिवर्तन गर्न खोज्ने कुराहरू देखियो । उनीहरूबाट विश्व मान्यतामा रहेको केही नीतिगत कुराहरूलाई लत्याउने किसिमका काम कुराहरू हुँदै गयो । नागरिकको आधारभूत सेवा सुविधा रोक्ने कार्य र आराजक गतिविधि नियन्त्रणका लागि विपीवादलाई अगाडि बढाउँदा मात्रै देशको भूगोलमा लोकतन्त्र स्थापित गर्न सक्ने भएकोले लोकतन्त्रका लागि विपीवाद र विपीवादका लागि विपी कोइरालाको पुख्र्यौली थलो सिन्धुलीको दुम्जाबाट बनारससम्मको यात्रा भन्ने अभियान सुरु गरेको अध्यक्ष पोख्रेलले बताउँछन् ।

फागुन ११ गते सिन्धुलीको दुम्जाबाट सुरु भएको उक्त अभियान दोस्रो चरणमा पु¥याएको छ । विराटनगरको फरविजगञ्ज र कोइराला निवास सुनसरीको यात्रा गते जेठ ३० देखि ३२ मा सम्पन्न भएको थियो । राजनीतिक संस्कारको शिक्षा लिएर विराटनगरबाट आएको छ । मुलुकभर राजनीतिक शिक्षा र संस्कार हुनुपर्छ भन्ने मान्यता र त्यसलाई सार्थक तथा सहज बनाउने भन्ने चिन्तनमा लागेको अभियान्ता तथा अध्यक्ष पोख्रेल बताउँछन् ।
अर्को चरणको कार्यक्रम पनि घोषणा गरिसकेको र नेपाली कांग्रेसको सभापति तथा पूर्व प्रधानमन्त्री सेरबहादुर देउबाको गृहनगर गाउँ डढेलधुरामा जाने योजना रहेको छ । बिपि सङ्ग्रहालयसंग लोकतान्त्रिक पद्दतिसँग जोड्ने अभियान रहेको छ । लोकतान्त्रिक अभियानमा विपी सङ्ग्रहालय डढेलधुरामा पु¥याउने, मोरङमा पु¥याई सकेको छ । भारत र नेपालका सरकार प्रमुखहरू नेपाली कांग्रेस असाध्यै कमजोर गराउने अभियानमा सहित षड्न्त्रपूर्ण खेल खेलेको बेला लोकतन्त्र स्थापनाको लागि भनेर २०३० सालमा नेपाली कांग्रेसले हावाइजहाज अपहरण गरी भारतको फरविजगञ्जमा ल्याण्ड गराएको पहिलो र अन्तिम इतिहास छ । त्यतिबेला विश्वेश्वर प्रसाद कोइरालाको पक्षमा एउटा र सुर्वण शम्शेरको पक्षमा एउटा कांग्रेस छन् भन्ने किसिमले भ्रम छर्दै सुर्वण शम्शेरको कांग्रेस बलियो है भन्ने भ्रम सिर्जना गरेर विपीलाई भारतमै कमजोर बनाउने षड्यन्त्र रचेको थियो ।
त्यो षड्यन्त्रका सासत बिपि कोइराला पञ्चायत तानाशाही विरूद्ध लड्नका लागि आफूले सेना तयार गरेको र हातहातियार पनि खरिद गरेको थियो । समस्य आर्थिक र शक्ति प्रर्दशन गर्नुपर्ने पनि थियो । शक्ति प्रर्दशन विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा अहिले पनि सक्षम छ । कसैले पनि सोचेजस्तो कमजोर होइन भन्ने देखाउनै पर्ने भएकोले शक्ति प्रर्दशनको लागि त्यो हावाइजहाज अपहरण गरिएको थियो । नेपाली कांग्रेसले त्यतिबेला नेपालमा मात्रै होइन सिङ्गो विश्वमै चर्चा कमाएको थियो । लोकतान्त्रिक पद्दतिको लागि नेपाली कांग्रेस प्रजातन्त्रवादीहरूले कुनै पनि कसर बाँकी राख्दैन भनेर आफ्नो परिचय छेडेका थिए ।

जित्नेको इतिहास हुन्छ, हार्नेको इतिहास बन्दैन । यो विश्वमै देखिएको एउटा असाध्यै नमीठो तितो सत्य छ । हार्नेले पनि आत्मा सर्मपण गरेको हुँदैन । युद्ध लड्दा लड्दै हारेको हुन्छ तर इतिहास छेदविच्छेद भएर जान्छ । जित्नेको इतिहास बढ्दै जान्छ । नेपाली कांग्रेसमाथि रचियो षड्यन्त्र नेपाली पार्टीको सिङ्गो इतिहासमाथि अतिक्रमण भएको छ । त्यो अतिक्रमण गराउने क्रममा नेपाली कांग्रेस पार्टी आफू एकातिर लागेकै छ भने सङ्ग्रहालयले विपीकै नाममा स्थापित संस्थागत धर्म र कर्म कर्तव्य हो भन्ने सोचेर अतिक्रमण इतिहासलाई जस्ताको तस्तै जनताको सामु लैजाने प्रयास विपीवाद भएको अध्यक्ष पोख्रेले स्पष्ट पारेका छन् ।
विपीवादमा के के समेटछन् ?
घर चुल्होको समस्या, नारी, पुरुष, देश, भूगोल चिनाउने विपीवाद प्रजातन्त्र बिपिवाद, समाजवाद बिपिवाद हो । शिक्षा रोजगार, स्वास्थ्य जस्ता आधारभूत कुराहरू विपीवादभित्र पर्छन् र विपीवाद प्रतिवद्धतता हो । जहिलेसम्म लोकतान्त्रिक पद्दति स्थापित हुँदैन कुनै पनि हालतमा पदमा जान्न भन्ने अडान उहाँमा थियो । ८ वर्ष बनरसमा बसेर तानाशाही पञ्चायतहरूसँग लडाइ लडेर त्यही इन्दिरा गान्धीजस्ता तानाशाही, विस्तारवादी नीति अंगालेको सिक्किमलाई खाने, भुटानलाई आफ्नो सामान्य राज्यको स्तर र व्यवहार गर्ने र श्रीलंकामा गृहयुद्ध छिराउन सफल इन्दिरा गान्धीलाई चुनौति दिँदै तिम्रा डर र धाक धम्कीले डराउने र तर्सिने मान्छे होइन मर्न परे पनि मेरो जमिनमा जान्छु भनेका भन्दै स्वादेश भूमिका निडरका साथ फर्किएको उहाँको वाद थियो त्यही प्रतिबद्धतता हो । ७७ जिल्लालाई एउटै मालामा एउटै धागोमा उन्ने उपाय । ७७ जिल्लाकै माटो विपी सङ्ग्रहालयमा र विपी सङ्ग्रहालयको लोकतान्त्रिक माटो देशभर पु¥याउने अभियान हो । यसले जय र जयाको मखमलीको मात्र होइन लोकतन्त्रको माला बन्छ भन्ने अभियानका संयोजक पर्शुराम पोख्रेलको विश्वास छ ।
प्रस्तुतीः भीम लामा

