साउन ०५, काठमाडौं । मकवानपुरको मनहरी क्षेत्रमा गएराति गोली चलेको छ। प्रहरीले गोली चलाएर गएराति १२ बजे गाँजा तस्कार ४३ वर्षीय कुमार स्याङतानलाई पक्राउ गरेको हो।
प्रहरीले स्याङतानलाई पक्राउ गर्नुको साथै उनको साथबाट ३५ किलो ग्राम गाँजासमेत बरामद गरेको छ।
५ जनाको समूहले गाँजा तस्करी गरिरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएपछि पक्राउ गर्ने क्रममा गोली चलाइएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले न्यूज ट्वान्टीफोरलाई जानकारी दिए ।

