प्रारम्भ खबर ।
साउन ४, काठमाडौँ । पछिल्लो समयमा तामाङ चलचित्रहरुको दुनियाँमा फरक धारको प्रस्तुती सहित बज्र चलचित्र प्रर्दशन भईरहेको छ ।
निर्मता समेत रहेका निमा लामाले निर्देशन गरेका तामाङ चलचित्र बज्रले सामाजिक परिवेशमा आधारित रहेर समाजभित्र बढ्दै गएको विसंगतिलाई चिरफार गर्न खोजिएको छ ।

चलचित्रमा कमिशन र टेण्डर प्रवित्तिले समाजलाई कतातिर मोडिदै छ भन्ने संकेत समेत गरिएको छ । सिन्धुली गढी, खुर्कोट र काठमाडौँ उपत्यकाका विभिन्न स्थानको दृश्य रहेको उक्त चलचित्रले मुख्यतयः समाजभित्र देखिएको विकृतिले कस्तो रुप लिन्छ र सवाधान कसरी गर्ने भन्ने विषयवस्तुलाई देखाउन खोजिएको छ । कम बजेटमा निर्माण गरिएको उक्त चलचित्रले तामाङ समुदायको दर्शकहरुलाई लोभ्याउन सफल भएको निर्देशक निमा लामा बताउँछन् । कृष्ण लामा, साङ्बो लामा (विनोद), कृति स्याङ्तान, भूमि मोक्तान, कुशान लामा, सुवास घिसिङ लगायत कलाकारहरुको मूख्य भूमिका रहेको छ ।

साङ्बो लामा, कृष्ण लामा, निमा लामाको संयुक्त लगानीमा बनेको तामाङ चलचित्र बज्रले बजार तताईरहेको छ । तामाङ भाषामा रहेको उक्त चलचित्रमा ४ ओटा गीत समावेश गरिएको छ । ४ ओटै गीतहरु गायक विशाल काल्तेन, शुभ लामा र गायिका निर्मला घिसिङको स्वरमा रहेको छ । शव्द संगीत भने निर्देशक तथा चलचित्र निर्मता निमा लामाले गरेका हुन् । निमा लामाले निर्देशन गरेका उक्त चलचित्र छायांकन तथा सम्पादन विश्वास भण्डारी र कोरियाग्राफर सुनलाल वाइवाले गरेका हुन् । द्वन्द निर्देशक सुरज श्रेष्ठको रहेको छ ।

चलचित्र विकास बोर्डबाट प्रर्दशन सुरु भएको उक्त चलचित्रले पाँचौं पटक आईपुग्दा दर्शकहरुको राम्रो प्रतिक्रिया र माया पाउन सफल भएको कलाकार तथा निर्मता सांङ्बो लामाले बताए । कमेडी, प्रेम प्रसंग, र पारिवारिक सम्बन्धलाई गतिलोसंग चित्र्रण गर्न सफल उक्त चलचित्रले देश तथा विदेशमा रहेका नेपालीहरुले सहजै रुपमा आकर्षण गर्न सकिने हाम्रो विश्वास रहेको छ । सामाजिक विकृतिलाई भण्डाफोर गरी समाजमा हुने घटना र प्रहरीवीचको सम्बन्धलाई व्यंग्यात्मक रुपमा प्रहार गरिएको छ । जिम्बा फिल्मस् प्रोडक्सन सर्लाही समूहको सातौ प्रस्तुतीको रुपमा रहेको यस चलचित्रले भने दर्शक स्रोताको निकै माया बढुल्न सक्ने हाम्रो दावी छ । सम्पूर्ण बज्र युनिटलाई हाम्रो शुभकामना ।


