जबर्जस्ती करणीका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

साउन २, काठमाडौँ । जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय पाएका हेटौँडा उपमहानगपालिका–६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाईलाई जिल्ला प्रहरी कार्यालयले पाँच वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल असार १७ गते चौलागार्इंलाई २ वर्ष ६ महीना कैद सजायको फैसला सुनाएको थियो । कैद सजाय सुनाएपछि फरार रहेका चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएको टोलीले मङ्गलबार हेटौडा –२ बाट नियन्त्रणमा लिएको हो ।

उहाँलाई बुधबार जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.