साउन २, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्र वर्षातको समय होस या हिउँदे समयमा त्यहाँ हिड्ने सार्वसाधारणदेखि सवारी साधनले सास्ती खेप्दै आइरहेको छ ।
स्थानीय तहाँको निर्वाचनपछि निर्वाचित नगर प्रमुख सन्तोष चालिसे लगायत सबै वडाका अध्यक्षहरुको फोहोर व्यवस्थापन गरिने प्रतिवद्धतता नै थियो । तीनै व्यवस्थापनको नाममा विभिन्न संघसंस्थामार्फत तालिमका लागि लाखौँ बजेट वितरण गरेपनि त्यहाँ स्थित नगर क्षेत्रमा फोहोरमैला व्यवस्थापन भने भइसकेको छैन् । फोहोरमैला व्यवस्थापनकै लागि जापानबाट उच्च प्रविधिको मेशिन ल्याई नगरलाई फोहोरमुक्त बनाउने अभिव्यक्ति सार्वजनिक कार्यक्रमतिर राख्दै आएका मेयर चालिसेले आफुले बोलेको कुरालाई कति सावित गरेको छ त्यो त खुल्ला दृश्य नगरवासी र सार्वसाधारणले नै देख्न र हेर्न सकिन्छ ।
अनौठोको कुरा त जापान पुगेर मेशिन समेत खरिद गरिसकेको र गत असार मसान्तभित्रै नगरमा भित्र्याउने अभिव्यक्ति दिएर जनतालाई आखाँमा छारो हाल्दै आईरहेका छन् मेयर चालिसे हेर्नुस उनकै अभिव्यक्ति जस्ताको तस्तै ….

