रोशी गाउँपालिकामा ३ दिनदेखि विद्युत र फोनसेवा अवरुद्ध

प्रारम्भ खबर ।
असार २९, काठमाडौं । काभ्रेको रोशी गाउपालिकाको विभिन्न वडामा विहिवारदेखी लगातार परेको पानीले बिद्युत र टेलिफोन सेवा अवरुद्ध भएको छ ।

गाउँपालिकाको वर्डा ३ अन्तर्गत मझुवा, भदौरे, शिखर लगायत विभिन्न स्थानमा पहिरोले भौतिक क्षति पुर्‍याएको छ । वर्षकै कारण विद्युत अवरुद्ध भएपछि गाउँमा टेलीफोन सेवासमेत प्रभावित भएको छ ।मझुवा हुँदै भण्डारे जाने बाटोमा पहिरोले पुरिएपछि आवातजावत नै बन्द भएको छ । गाउँपालिकाको ठाउँ–ठाउँमा गएको पहिरोले बाटो अवरुद्ध भएको छ भने केही घरहरुलाई समेत क्षति पु¥याएको छ ।

पहिरोले मोटरबाटो समेत पुरिदिँदा जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा पहिरोले गर्दा विजुलीको पोलहरु ढलेर अन्धाकार बनेको छ । त्यस्तै मंगलटार, शिशाखानी लगायतका क्षेत्रहरुमा पनि पहिरोले क्षति पु¥याएको छ ।

तस्बीरः श्यामसुन्दर कार्की

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.