समस्यामा परेका नागरिकको उद्धारमा खटिन नेता कार्यकर्तालाई नेकपाको निर्देशन

असार २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेता तथा कार्यकतालाई वर्षासँगै आएको बाढीका कारण समस्यामा परेका नागरिकको उद्धारमा खटिन निर्देशन दिएको छ ।

सत्तारुढ दल नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त रुपमा आज विज्ञप्ती जारी गर्दै उद्धारमा खटिन आग्रह गरेका हुन् । पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा जनसंगठनहरुलाई बाढी, पहिरो तथा डुबान प्रभावितको उद्धार तथा राहत वितरणमा सक्रिय हुन विज्ञप्तीमा भनिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.