वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध

असार २७, चितवन । वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिकैमाथिबाट झरेको लेदोले सडक पुरिएपछि शुक्रबार दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।

डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरूबीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.