अखिल पूर्व उपाध्यक्ष गौतमको घर पहिरोमा

असार २७, काभ्रे । बिहीवारदेखि परेको अविरल वर्षाको कारण काभ्रे चौरिदेउराली गाउँपालिका–४ मजुवामा पहिरोले तीन घरमा क्षति पुर्‍याएको छ ।

अखिलका पूर्वउपाध्यक्ष दीपक गौतम सहितको तीन घरमा पहिरोले क्षति पुर्‍याएको हो । पहिरो झर्ने क्रम नरोकिएपछि स्थानीयले घर छोडेका छन् । ‘पहिरो झर्ने क्रम रोकिएको छैन, पानी परि रहेकाले उद्दारको काममा कठिन भएको छ’ गौतमले भने,– बिहानको समयमा पहिरो झरेकाले मानवीय क्षति हुन पाएन । ‘अहिले सम्म तीन घरमा क्षति पुगेको छ,अन्य घर पनि जोखिममा छन्’ – उनले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.