असार २५, लण्डन । इमेल काण्डका कारण विवादमा आएका अमेरिकाका लागि बेलायतका राजदूत सर किम डरोकले बुधबार राजीनामा दिएका छन् । अमेरिकी राष्ट्रपतिलाई आलोचना गर्दै उनले आफ्नो विदेश मन्त्रालयलाई पठाएको इमेल गएको आइतबार सार्वजनिक भएपछि उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मूर्ख भनेका थिए । सो इमेल बेलायतकै पत्रिका डेली मेलले सार्वजनिक गरेको थियो ।
बेलायती राजदूतको इमेलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई अयोग्य, असुरक्षित र असक्षम भएको जनाइएको थियो । बेलायतको विदेश मन्त्रालयले शुरुमो सो मेमो चुहिएको प्रसंगलाई गलत कार्य भन्ने प्रतिक्रिया दिएको थियो । बेलायतकी प्रधानमन्त्री टेरेजा मे ले राजीनामा दिने राजदूतको निर्णयप्रति खेद जनाएकी छन् ।–बीबीसी

