असार २३, काठमाडौं । विदेशबाट ल्याएको सुन सहित तीन जना पक्राउ परेका छन । हिमालयन एयर लाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका मोरङ कानिपोखरी घर भएका लिला बहादुर बस्नेतलाई लुकाई छिपाई ल्याएको ४ सय ग्राम सुन सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीले विमानस्थलको आगमन कक्षमा बस्नेतले बोकी ल्याएको झोलाखानतलासी गर्दा २२ थान वच्चाको ड्राइपरको वटनभित्र मेशिनले प्याक गरी ससाना रिङ वनाई लुकाई छिपाई ल्याएको १ सय ७५ पिस सुनका रिङ्ग र ५० ग्राम सुनको वाला गरी उक्त परिमाणको सुन फेला पारेको हो ।
साथै उक्त सामान लिन आएका गोरखा पालुङ्गटार घर भएका २७ वर्षीय रुपेश गिरी र २६ वर्षीय टेक बहादुर थापालाई समेत प्रहरीले पक्राउ गरेको छ।

