नेपाली बलरको सामु सिंगापुर निराश

असार २०, काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२६ रन बनाएको हो ।

नेपालको सुरुवात राम्रो रह्यो । नेपालका लागि रित गौतमले शतकीय पारी खेले । उनले १३७ बलमा १० चौका र १ छक्काको प्रहार गर्दै ११५ रन बनाए । त्यस्तै नेपालका लागि खड्क बोहोरा र कुशल मल्लले अर्धशतकीय पारी खेले । बोहोराले ९० बलमा १२ चौकाको प्रहार गर्दै ९० रन जाेडे । २३ बल खेलेका कुशलले ४ चौका र ५ छक्काको प्रहार गर्दै ५१ जोडे । पवन शर्राफले ४५ रन जाेडे । पवन र रितले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कप्तान रोहित कुमार पौडेल भने ७ रनर्म आउट भए । डेब्यू गरेका विशाल बिक्रम केसी भने १ रनमा आउट भए । बलिङतर्फ सिंगापुरका लागि पर्नभ कृष्ण र भिनित मेहेतले समान दुई–दुई विकेट लिए ।

सिंगापुर पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । ३२७ रनको लक्ष्य पाएका सिंगापुर जबाफि ब्याटिङ्मा अहिले खेलिरहेका छन यो समचार तयार पार्ने बेला सम्मा सिंगापुर ६ विकेट गुमाउदै ५२ रन जोडेर खेलिरहेको छ । सिंगापुर सामु नेपालले २१ ओबर बालिङ गरेको छ । नेपालका लागि कुशल मल्मले २ विकेट लिन सफल भएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.