नेपालका केहि राम्रा स्कूलहरुले continue Assesment System (CAS) लाई अति नै राम्रो संग कार्यान्यवन गरेका छन र ईष्टपोल मा. वि. ले नर्सरी देखि कक्षा ६ सम्म पूर्ण रुपमा CAS लागू गरेको छ । सवै स्कूलहरुमा यो लाग्र गराउन नसक्दा अभिभावकहरुमा CAS पनि परीक्षा हो र ? भन्ने भ्रम भएको देखिन्छ ।
शिक्षण सिकाई प्रभावकारी वनाउन र पाठ्यक्रमले लक्ष्य गरेका सिकाई उपलव्धीहरु विद्यार्थीहरुमा निरन्तर सुधारको उद्धेश्यले नियमति रुमपमा गरिने निर्माणात्मक मूल्याङ्कन नै निरन्तर मूल्याङ्कन हो । CAS सामान्य भन्दा स्तरीय मूल्याङ्कन हो । यसमा सिकारुको सिकाई , सिकाई उपलव्धीको व्यवस्थित लेखाजोखा निश्चित समयावधी भित्र सिकारुले हासिल गरेको सिकाईको संचित प्रगतिको मूल्याङ्कन गरिन्छ । CAS किन ? विद्यार्थीको सहजतापूर्वक, शीघ्र र यथार्थ मूल्याँङकन गर्न , विद्यार्थीमा पाठ्यक्रमले तोकेको ज्ञान, सीप, अभिवृद्धि र दक्षता वढाउन, वालवालिकाहरुमा रमाएर सिक्ने वातावरण सृजना गर्न विद्यार्थीहरुमा परीक्षाको डर घटाई विद्यार्थी असफल दर घटाउन सिकेका कुरालाई दैनिक व्यवहार जीवन संग जोडन वालमैत्री सिकाईको प्रवद्र्धन गर्न शिक्षकले के गर्नुपर्छ ?
मूल्याङकनका साधनहरुको पूर्व तयारी गर्ने प्रत्येक विद्यार्थीको अभिलेख फाइल खडा गर्ने ‘सिकाई सञ्चालन भइरहदा सिकाइ उपलव्धीको अवलोकन र भोलीको तयारी गर्ने ‘परीक्षाको उत्तरपुस्तीकाहरु व्यक्तिगत फाइलमा राख्ने ‘कक्षामा अतिरिक्त क्रियाकलाप संचालनको मूल्याँकन गरी फाइलमा टिपोट गने, यसरी पढाउने, मूल्याँकन गर्दै खाल्टा पुर्दै , सुधार्दै जाँदाको स्थितीमा शै।सत्रको अन्त्यतिर सवै सफल वनाउने उद्धेश्यलेनै CAS लागू गरिएको हो । इमान्दारीतापूर्वक कार्यान्यवयन नगर्दा आएको समस्याको जड CAS हुनै सक्दैन यसका पात्रहरुको कमजोरी हो ।
( प्रकाश अधिकारी ईष्टपोल मा.वि. का सहायक प्र. अ. तथा सामाजिक अभियन्ता हुन ।)

