छोरा भएर भारत गएका युवक छोरी भएर फर्किंए

असार १९, काठमाडौं । भारत जाने, त्यहीँ पढ्ने अनि केही कमाएर पठाउने। यही आसमा कञ्चपुरका माल परिवारले ६ वर्षअघि छोरालाई बिदाई गरेको थियो।

छोरा फर्किए, अहिले परिवारको होसहवास उडेको छ। गाउँले अचम्भित भएका छन्। कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्र माल पहिलेजस्ता रहेनन्। नाम फेरिएको छ, पियंका।

हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको। लिंगसमेत काटिएको छ। भारत पस्दा १८ वर्षका थिए। त्यहीँ दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो। तेश्रोलिंगीहरुको समूहले लिंग काटिदिएको सुरेन्द्रले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.