असार १९, काठमाडौं । कान सुन्न समस्या हुने मानिसले कुनै लिङ्ग वा वर्गको मात्र आवाज नसुन्ने भन्ने हुँदैन । उनीहरुको भाषा इशारा नै हुन्छ । तर, चीनमा एक महिला जसले पुरुषको मात्र आवाज सुन्न सक्दिनन ।
चीनका चेन नामक महिलामा पुरुषको मात्र आवाज सुन्न नसक्ने अनौठो खालको समस्या छ । विश्वमै यस्तो समस्या भएकी सायद उनी एकमात्र महिला हुन सक्छिन । चेन यस अनौठो रोगसँग संघर्ष गरिरहेकी छन ।
उनले केवल महिलाको मात्र आवाज सुन्न सक्छिन । पहिले सामान्य नै रहेकी उनको कानमा घण्टी बजेझैं भएको थियो । त्यसपछि उनको कानले सुन्न छोड्यो ।
उनको कानले अझैपनि न्यून आवाज सुन्न सक्दैन । जसलाई ‘रिभस–स्लोप हियरिङ लस’ भनिन्छ । ती युवतीले आफ्नो प्रेमीको आवाज सुन्न छाडेपछि त्यो समस्या लिएर अस्पतालमा पुगेकी थीन ।
पुरुषको आवाज न्यून फ्रिक्वेन्सीको हुने हुनाले सुन्न नसकेको र महिलाको आवाज भने पुरुषको तुलनामा उच्च फ्रिक्वेन्सीको हुने हुँदा उनले सुन्ने गरेको डाक्टरको भनाई छ ।

