कोपा अमेरिका: पेरु फाइनलमा प्रवेश

असार १९, एजेन्सी । साविक विजेता चिलीलाई पराजित गर्दै पेरू कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेकाे छ । नेपाली समय अनुसार बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा चिलीलाई ३-० गोल अन्तरले पराजित गर्दै पेरू फाइनलमा प्रवेश गरेकाे हाे ।

अब उपाधिकाे लागि पेरूले ब्राजिलकाे सामना गर्नेछ । पेरूले दुई गाेल पहिलाे हाफमा गरेकाे थियाे भने एक गाेल दास्राे हाफमा थप्याे ।

यो हारसँगै कोपा अमेरिकाको उपाधि ह्याट्रिक गर्ने चिलीको सपना चकनाचुर भएको छ । कोपा अमेरिकाको पछिल्लो दुवै संस्करणमा चिली च्याम्पियन बनेको थियो । सन २०१५ र २०१६ मा अर्जेन्टिनालाई हराएर चिलीले उपाधि जितेको थियो।

पहिलो हाफमा २-० गोल अन्तरले पछि परेको चिलीले दोस्रो हाफमा पनि गोल गर्न सकेन । खेलको २१ औं मिनेटमा एडिसन फ्लोरेसले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । उनले बायाँ विङ्गबाट आएको क्रसलाई आन्द्रे क्यरिलोले हेडर गरेको बललाई गोलमा परिणत गरेका थिए ।

खेलको ३८ औं मिनेटमा चिलीका लागि योशीमार योतुनले अग्रता दोब्बर पारे । चिलीका गोलरक्षक अरियासले पोजिसन बाहिर रहेर विङमा डिफेन्ड गर्न गएपछि क्यारिलोको लामो क्रसलाई योतुनले गोलमा परिणत गरे ।

दोस्रो हाफको इन्जुरी समयमा पाउलो गुरेरोले गोल गर्दै चिलीको फाइनल यात्रा तय गरे । उनले रेनाटो टापियाको पासमा गोल गरेका थिए । लगत्तै चिलीले पेनाल्टीमा सान्त्वना गोल फर्काउने मौका पाएपनि एडुआर्डो भार्गासको प्रहार गोलरक्षकले बचाए ।

यो जितसँगै पेरुले उपाधिको लागि ब्राजिलसँको भेट पक्का गरेको छ । अर्जेन्टिनालाई २ ० गोल अन्तरले पराजित गर्दै ब्राजिल यसअघि नै प्रतियोगिताको फाइनमा प्रवेश गरिसकेको छ । फाइनल खेल आउँदो आइतबार हुनेछ ।

तेस्रो स्थानको लागि चिली र अर्जेन्टिना खेल्नेछन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.